काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका भए पनि प्राविधिक समस्याका कारण मतदान एक दिनपछि सारिएको हो ।
मङ्गलवार साँझ मतदाताहरू मतदानको प्रतीक्षामा लामो समय लाइनमा बसेका थिए । तर राति ८ बजेपछि भोलिपल्ट मतदान हुने जानकारी दिँदै उनीहरूलाई फर्काइएको थियो ।
उम्मेदवार नामावली तयार पार्दा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले समस्या देखिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लागेकाले निर्वाचन आयोगको निर्देशनअनुसार मतदान बुधबारका लागि सार्नुपरेको हो ।
११औँ महाधिवेशनमार्फत एमालेले नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्