काठमाडौं। नेकपा एमालेले पार्टीकाे ११ औं महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली साेमबार राति साढे ८ बजे बजे प्रकाशन गर्ने भएकाे छ।
एमालेकाे महाधिवेशन निर्माण गर्न बनेकाे निर्वाचन आयोगले साेमबार साँझ एक सूचना जारी गर्दै राति साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो। उम्मेदवारउपर उजुरी लिने समय ७ देखि ८ बजेसम्म तोकिएको छ।
आयोगले जारी गरेको तालिका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युतीय मेशीनमा मतदान हुने भएकाे छ ।





प्रतिक्रिया दिनुहोस्