Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एमाले महाधिवेशन: ओली पक्षकाे महासचिवमा रस्साकस्सी, ज्ञवाली–पोखरेलको दाबी कायम


3.7k
Shares

काठमाडौँ ।

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत पुस १ गते हुने निर्वाचनको तालिका सार्वजनिक भएसँगै केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्ष पदाधिकारी टुंग्याउन आन्तरिक छलफलमा जुटेका छन्।

इतर समूहले पदाधिकारीको सूची लगभग टुंग्याइसकेको भए पनि ओली पक्षमा महासचिवको उम्मेदवार तय हुन सकेको छैन।

पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बन्ने निश्चितजस्तै छ। ओली पक्षबाट भने शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको दाबी कायम छ। गुरुङलाई उपाध्यक्ष बनाउने तयारी रहेको बताइन्छ।

महासचिवमा पोखरेललाई दोहोर्‍याउने ओलीको चाहना र ज्ञवालीको अडानका कारण दाबीमा रस्साकस्सी बढेको छ। उम्मेदवारी दर्ता आज बेलुका हुँदैछ भने मतदान पुस १ गते हुनेछ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्।