Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


जुवातास खेलेको आरोपमा ५७ हजार नगदसहित ६ जना पक्राउ


442
Shares

काठमाडौं। काठमाडौंकाे डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।

प्रहरीले डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१ वर्षीय इमरोज खानसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको हाे।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाएकाे छ।