Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा


312
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुने तय भएको छ।

उद्घाटन समारोहमा सहभागी हुन आएका नेता तथा कार्यकर्ताहरूलाई स्थल प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ। गेटमा तैनाथ प्रहरीले मेटल डिटेक्टर प्रयोग गरी जाँच गरेपछि मात्रै प्रवेश अनुमति दिएका छन्। साथै, झोला तथा शरीर खानतलासीसमेत गरिएको छ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि देशका विभिन्न स्थानबाट सांस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी गरिएको छ।