Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


भिजिट भिसा अनियमितता: सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा


2.1k
Shares

काठमाडौं । भिजिट भिसा अनियमितता प्रकरणमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुनछेक बहस सकिएको छ।

बहसपछि विशेष अदालतले उनलाई २५ लाख धरौटीमा बाहिरैबाट मुद्दा लड्न अनुमति दिएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेलको इजलासले धरौटीमा रिहाई आदेश दिएको छ भने सदस्य डिल्लीराज श्रेष्ठले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने भन्दै फरक राय प्रस्तुत गरेका छन्।