काठमाडौं । नेकपा (एमाले) ले विधान संशोधन नगर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन नगरिने जानकारी दिए ।
भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको हो । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ । पदाधिकारीको संख्या थपिने चर्चा भएको थियो ।





प्रतिक्रिया दिनुहोस्