काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रर्दशक गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार पार्टी मुख्यालय च्यासलमा युगदुत नामक पुस्तकको विमोचन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्ष ओलीले साहित्य खाली आत्म सन्तुष्टिका लागि मात्रै हुन नहुने बताउनुभयो ।
साहित्य समाज, मानव जीवनका लागि उद्देश्यमूलक अनुभुतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहि¥याई, चिन्तनको उडाईहरु मिसिएको हुनुपर्ने उहाँकाे भनाइ थियाे । अध्यक्ष ओलीले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत समेत साहित्य भएकाले समेत स्मरण गराउनुभयाे ।
उहाँले भन्नुभयो,‘साहित्यलाई गन्तव्यहिन साहित्य होइन, खाली आत्मासन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहि¥याई, चिन्तनको उडाई यी सबै कुराहरु मिसिएको हुनुपर्दछ ।
यस्तो साहित्य जस्ले समाजको ऐनको मात्रै काम गर्दैन । त्यो भन्दा अझ अगाडि बढेर समाजको पथप्रर्दशक गर्दछ । चिन्तनले, विचारले समाजलाई बाटो देखाउने हो । विश्वका विभिन्न क्रान्तिका प्रेरकहरु साहित्यकारहरु, रचनाकारहरु, गीतकारहरु छन । गजलकारहरु छन् ।’ अध्यक्ष ओलीले नेपाल साहित्यको पनि उर्वराभूमि रहेको दाबी समेत गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्