Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


सेनामा प्राविधिकसहित विविध सेवामा करिब ४ सय जनाका लागि भर्ना खुल्यो (सूचनासहित)


728
Shares

काठमाडौं । नेपाली सेनाले प्राविधिक सेवा लगायतमा ३ सय ८८ जनाका लागि भर्ना खुलाएको छ

सेनाले प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक र बिल्लादार पदहरुमा भर्ना खुलाएको हो। नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचारप्रसार, इलेक्ट्रिसिएन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन र ब्याण्ड लगायतका पदमा पनि भर्ना खुलेको छ।

खुलातर्फ २ सय ५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको सेनाले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ।