Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


९१ किलोग्राम अवैध गाजा बरामद


221
Shares

काठमाडाैं। प्रहरीले पर्साको ठोरी गाउँपालिकाबाट अवैध ९१ किलोग्राम गाजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल र सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले बिहीबार पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सोही परिमाणको गाजा बरामद गरेको हो। नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाजा बरामद गरेको प्रहरीले बताएकाे छ।

बरामद भएको गाजालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको प्रहरीले बताएकाे हाे। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी तथा लागूऔषध ओसार-पसार कार्यलाई निस्तेज पार्ने अभियान तीव्र पार्दै आइरहेको दावी गरेकाे छ।