Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते


338
Shares

काठमाडौं ।

दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका(१ को कोडिया पुल नजिक दुर्घटना भएको हो।

घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

Skip This