Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


भारतमा २ वटा कार एक-आपसमा ठाेक्किंएर आगलागी हुँदा ५ जनाकाे मृत्यु

दुर्घटनाको भयानक दृष्यले गाउँ नै स्तब्ध

325
Shares

एजेन्सी। भारतको उत्तरप्रदेशमा दुई वटा तीव्र गतिमा गुडेका कार एक-आपसममा ठोक्किएर भएको आगलागीमा परी ५ जनाको मृत्यु भएको छ।

प्रदेशको बाराबम्की गाउँमा विपरित दिशाबाट आएको कारसँग ठोक्किदा भीषण दुर्घटना भएको हो। दुर्घटनामा एउटा कारको ढोका नखुलेका कारण कारमा रहेकाको जलेर मृत्यु भएको र अर्को जलेको कारबाट ४ जनालाई घाइते अवस्थामा उद्धार गरि अस्पताल लगिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

कारभित्रका मानिसहरु सहयोगका लागि चिच्याइरहे पनि मद्द गर्न असमर्थ भएको प्रत्यक्षदर्शीहरुको भनाइ छ। दुर्घटनाको भयानक दृश्यले गाउँ नै स्तब्ध भएको उनीहरुले बताएका छन्। दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हाे।