Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


केयुको ३१औँ दीक्षान्त समारोह आज हुँदै


234
Shares

काठमाडौं ।
काठमाण्डौ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदैछ ।

आज हुने समारोहमा दुई हजार दुई सय नौ जना विद्यार्थी दीक्षित हुँदैछन् । यसमध्ये १७ देशका एक सय ९६ विदेशी विद्यार्थी रहेका छन् ।

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका दुई सय ९४, स्कुल अफ इञ्जिनियरिङका तीन सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका तीन सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका आठ सय ८१ र स्कुल अफ साइन्सका एक सय ९७ विद्यार्थी दिक्षित हुनेछन् ।

दीक्षितमध्ये विद्यावारिधी, डीएम र एमसीएच तहका सात, स्नातकोत्तर तहका तीन सय ९७, पीजीडी तहका ५० र स्नातक तहका एक हजार सात सय २८ जना रहेका छन् ।

प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुने कार्यक्रम छ ।

समारोहमा नयाँदिल्लीको जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनुहुने कार्यक्रम तय भएको विश्वविद्यालयले जनाएको छ ।