Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु


169
Shares

काठमाडाैं । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा मंगलबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको बसाहा थुलुङडाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।