Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


एनपीएल : एलिमिनेटरमा आज लुम्बिनी र काठमाडाैं भिड्दै


325
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाडाैं गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाडाैं र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगे। तर, सुरुवाती जितका बाबजुद बीचमा लय गुमाएका यी टिमले पुनरागमन गर्दै प्लेअफको यात्रा तय गरेका हुन्।

नेट रनरेटमा पछि पर्दा प्लेअफबाट बञ्चित भएको काठमाडाैं यस पटक सुरुवातदेखि भने अब्बल निस्कियो। उसले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो। तर त्यसपछिका २ खेलमा काठमाडाैं सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजितभयो। पछिल्ला ४ खेलमा शानदार जित हासिल गरेर काठमाडाैं प्लेअफ पुग्यो। तर यस पटक पनि रनरेटकै कारण उसले एलिमिनेटर खेल्नु पर्यो।

यता गत संस्करण लुम्बिनीका लागि बिर्सनलायक रह्यो। १ मात्र खेल जित्दै पुछारमा रहेको लुम्बिनी यसपटक पनि संकटमा थियो। चितवन राइनोजलाई हराउँदै विजयी सुरुवात गरे पनि ३ खेलमा लगातारको हारले लुम्बिनीको प्लेअफ सम्भावना कठिन देखिएको थियो।

काठमाण्डु र लुम्बिनीबीच अहिलेसम्म २ पटक भेट भएको छ। दुवैमा काठमाडाैं नै जितेको छ। उसले गत संस्करणको लिग चरणमा १८ रन र यसपटक २२ रनले जितेको थियो।

Skip This