Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


क्यानका महानिर्देशक अधिकारीलाई ५ लाख धरौटीमा छाेड्न अदालतकाे आदेश


7.4k
Shares

काठमाडाैं। विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा नेपाल नगरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग गरेको छ।

अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार अधिकारीलाई ५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको हो। त्यस्तै, तत्कालीन निर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ नगद माग गरिएकाे छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यहि मंसिर २१ गते पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै ५५ जना व्यक्ति र १ कम्पनीसहित ५६ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। त्यसमध्ये अधिकारी पनि थिए।

यसअघि विशेष अदालतले प्राधिकरणका महानिर्देशक अधिकारीलाई भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भने पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि अधिकारी हाल डिल्लीबजार कारागारमा रहेका छन्। भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर १७ गते अधिकारीविरुद्ध अख्तियारले विशेषमा मुद्दा दर्ता गरेको थियाे।

महानिर्देशक अधिकारीसहित ६ जना र एउटा कम्पनी विरूद्ध विशेषमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो। यी ७ जना प्रतिवादीविरूद्ध १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो कायम गरेको हाे।