Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


फ्रान्समा कार दुर्घटना हुँदा १० जनाको मृत्यु, ३ घाइतेको अवस्था भने चिन्ताजनक


234
Shares

एजेन्सी। फ्रान्समा कार अनियन्त्रि भएर मानिसको भीडमा पस्दा करिब १० जनाको मृत्यु भएको छ।

फ्रान्सको ग्वाडेलुपको सेन्टयन्न शहरमा मानिसको भीडमा कार पस्ता अन्य केही घाइते भएको अन्तर्राष्टिय संचारमाध्महरुले जनाएका हुन् । क्रिममसको अवसरमा मानिसहरू बत्ती बाल्दै सजावट गदै गरेको स्कोएलचर स्क्वायरमा कार दुर्घटना भएको हो। घटनामा कूल १९ जनालाई कारले किचेकोमा १० जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

३ जना गम्भीर घाइतेको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ। कार चालकले घटनास्थलमै आत्मसमर्पण गरेपछि प्रहरीले पक्राउ गरि हिरासतमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हाे।

ग्वाडेलुप क्यारिबियन सागरमा अवस्थित पर्यटकहरूका लागि लोकप्रिय क्षेत्रकाे रुपमा मानिन्छ।