काठमाडौं । जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा देखाइएको छ । आज बिहान शर्मालाई रुकुम पश्चिममा कालोझण्डा देखाइएको हो ।
उनी आज बिहानै काठमाडौँबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर रुकुम सदरमुकाम खलंगा पुगेका थिए । त्यस क्रममा रुकमका कार्यकर्ताहरूले कालोझण्डा देखाएपछि स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथ बढाइएको छ ।
नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि उनी पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका थिए ।





प्रतिक्रिया दिनुहोस्