Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


सात वटा सवारी एकै ठाउँमा दुर्घटना


0
Shares

काठमाडाैं ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।

स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । दुर्घटनामा परेर दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँ पठाइएको छ ।

प्रहरीले दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास गरिरहेको छ ।