
web pic
काठमाडाैं । दाङको लमही नगरपालिका–५ मा रहेको एक सुनचाँदी पसलमा लुटपाटको प्रयासकै क्रममा गोली प्रहार भएको छ ।
लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा भएकाे घटनामा पसलका कामदार १९ वर्षीय दिपक सुनार घाइते भएका छन् ।
प्रहरीका अनुसार लुटपाट गर्ने उद्देश्यले आएको व्यक्तिले अचानक गोली चलाएकाे थियो । गोली लागेर घाइते भएका सुनारलाई तत्कालै लमही अस्पतालमा भर्ना गरी उपचार भइरहेको जनाएको छ । अस्पतालका चिकित्सकहरूले उनको अवस्थाबारे आवश्यक उपचार भइरहेको जानकारी दिएका छन् ।
गोली प्रहारपछि अज्ञात व्यक्ति मोटरसाइकल त्यहीँ छाडी फरार भएको र उनको खोजीकार्यका भइरहेकाे प्रहरीले जनाएको छ।फरार व्यक्तिले प्रयोग गरेको मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्