Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


१२ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ


0
Shares

सुनसरी, असोज ७ । सुनसरीको धरान उपमहानगरपालिकामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगर–११ स्थित सगरमाथा टोलकी १२ वर्षीया एक बालिकालाई जवजस्ती करणी गरेको आरोपमा भोजपुर घोडेटार–७ रानीबास घर भई हाल धरान–११ बस्ने बर्ष ३० का दुर्गा बहादुर बिकलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

बिकले ती बालिकालाई ललाई फकाई सोही स्थानमा रहेको शेर्पा संघको कम्पाउण्ड भित्र लगेर जबरजस्ती करणी गरेको बताइएको छ । पीडितका बाबुले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।