काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाडाैं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान पक्का गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।





प्रतिक्रिया दिनुहोस्