Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


धोबी खोलामा एक जना मृत फेला


1.3k
Shares

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।

मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।