Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


एनपीएलमा आज दुई खेल हुँदै


312
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमान्डू गोर्खाज र दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदै छ ।

पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमान्डूले भने छ खेलबाट आठ अंक जाेडेकाे छ ।

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अंक साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि जित्नै पर्ने बाध्यता छ ।