Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


रुस र अमेरिका वार्ता निष्कर्षविहिन


0
Shares

काठमाडौं ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी प्रतिनिधिमण्डलबीचको वार्तामा युक्रेन मामिलामा सहमति जुट्न सकेन ।

वार्तामा सहभागि क्रेमलिनका प्रतिनिधि युरी उशाकोभका अनुसार अमेरिकी प्रस्तावका केही बुँदामा रुसले सहमति जनाएको छ । तर युक्रेनको केही भूभाग रुसले पाउनुपर्ने मुख्य वुँदामा भने सहमति जुट्न बाँकी रहेको बुझिएको छ ।

दोस्रो विश्वयुद्ध पछि युरोपमा भएको सबैभन्दा घातक युद्धको अन्त्य गर्न अमेरिकाले मध्यस्थता गर्न खोजिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुशनरले मस्कोमा पुटिनसँग भेट गरेका हुन् ।

छलफल लगभग पाँच घण्टा चलेपछि मध्यराती सकिएको थियो । युक्रेन शान्ति योजनामा रुसलाई मनाउन अमेरिकी प्रतिनिधिमण्डल मस्को पुगेको थियो ।

अमेरिकी प्रस्तावको बिकल्पको रुपमा युक्रेन र युरोपले ल्याएको प्रस्तावो भने रुसले निन्दा गरेको छ । यसका कुनैपनि वुँदा आफुलाई स्वीकार्य नभएको रुसी जवाफ छ ।