काठमाडौं ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले संयुक्त राज्य अमेरिका अन्य देशहरूप्रतिको हालसालैको व्यवहारका कारण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा बनेको बताउनुभएको छ ।
इरानी राजधानी तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बगाईले भेनेजुएला जस्ता देशहरू विरुद्ध ट्रम्प प्रशासनको शत्रुतापूर्ण कार्यहरू र पश्चिम एशियामा इजरायलको सञ्चालनलाई समर्थन गरेको आलोचना गर्नुभयो ।
विश्वका सबै भागहरूमा संयुक्त राज्य अमेरिकाबाट धम्की देखिरहेको उहाँको भनाइ छ । पश्चिमी गोलार्धमा, भेनेजुएला, क्युबा, निकारागुआ, र ब्राजिल र मेक्सिको विरुद्ध पनि धम्की अमेरिकी अधिकारीहरूले बारम्बार दोहो¥याइरहेका बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्