Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


यू-१९ नेपाली टोली स्वदेश फिर्ता


182
Shares

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ।

नेपाली टोली मंगलबार राति स्वदेश फर्किएको हो। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वागत गरेको थियो।

एसीसी पुरुष यू-१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक युएईसँग २७ रनले पराजित भएको थियो।

प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली एसिया कपमा छनोट भएका छन्। यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा आयोजना हुँदैछ।