काठमाडौं। प्रहरीले साेमबार साँझ जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेकाे छ।
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३ घर भएका ५० वर्षीय रकम तामाङले संचालन गरेको सलिना खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित११ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे। तामाङ भने हाल काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बस्दै आएका छन्।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ५ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । साेही सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





प्रतिक्रिया दिनुहोस्