काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले २३ जना नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको सोमबारको निर्णयले उनीहरुको सरुवा गरिएको हो ।
आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब,भत्ता तथा राशन पाउने गरी उनीहरुलाई सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्