काठमाडौँ ।
नेपालले आइइएसएफ विश्व ईस्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) मा सहभागिता जनाउने भएका छन् ।
सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले मलेसिया जाने इस्पोर्ट्स टिमलाई बिदाइ गरेका हुन् ।
एनओसी अध्यक्ष श्रेष्ठले इस्पोर्ट्सका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन दिए। उनले भने–यो टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा गरेको छु । अध्यक्ष श्रेष्ठले विश्वव्यापीरुपमै इस्पोर्ट्स तीब्र गतिमा लोकप्रिय भइरहेको एनओसीले इस्पोर्ट्सले खेलका साथै युवा प्रतिभाशाली खेलाडीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आइइएसएफ विश्व ईस्पोट्र्समा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ । पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा जानकारी दिएका छन् ।
प्रशिक्षकमा म्याथ्यू ह्वी योङ तान रहेका छन् । महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नेछन् । महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ रहेकी छन् । त्यसैगरी नेपाल इस्पोर्ट्स संघका अध्यक्ष सुरज डङ्गोल पनि मलेसिया प्रस्थान गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्