Logo १५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025


सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैनः अर्थमन्त्री रामेश्वर खनाल


702
Shares

काठमाडाैँ ।

अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताउनुभएको छ ।

सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा उहाँले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताउनुभएको हो । उहाँले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्नुहुँदै कानूनी राज्यमा कसैको सम्पतीमाथी हमला गर्नु सह्य नहुने चेतावनी दिनुभयो ।

नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पती हुने उहाँको भनाई छ । विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको उहाले बताउनु भयो ।

लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने उहाँले बताउनु भयो । सडकबाट अपराधि करार गरेर निजी सम्पतीमाथी हमला गर्न नमिल्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, मुलुकमा जो सुकैले सम्पती सिर्जना गरेपनि कसैले हाईड्रोपावर बनायो, कसैले डिर्पामेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्‍यो भने त्यो मुलुकको सम्पत्ति हो । त्यो नेपालकै निजी क्षेत्रले लगानी गरेको हो की विदेशीले लगानी गरेको भन्नेकुरा कति पनि माने राख्दैन ।

विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पती आज हामीले प्रयोग गरिरहेका छौँ । त्यसको स्वामित्व हस्तान्तरण भएर नेपाली लगानीकर्ताको हातमा आएको होला, कतिपय स्वामित्व हस्तान्तरण भएर नेपाल सरकारको हातमा पनि आएको होला ।

सम्पती सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरु हुन्छन्, कानुनसंवत ढंगले कुनैपनि व्यक्तिलाई अपराधिकरण गर्ने वा कारबाही गर्ने हो । सडकबाट कसैलाई औला ठडाएर अपराधिकरण गर्नु चाँही कानुनी राज्यमा मिल्दै मिल्दैन ।’

उहाँले सही सूचना प्रवाह नहुँदा पनि अपराधिक क्रियाकलापहरु बढ्ने गरेको बताउनु भयो । उहाँले सूचनाको गम्भिरतालाई समेत ध्यानमा राखेर प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।