Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


ड्याफोडिल कपमा ड्याफोडिलकै बर्चश्व


247
Shares

काठमाडाैं ।

“ड्याफोडिल कप–२०८२’ अर्न्तगत दोस्रो दिवसीय खेलमा बास्केटबलतर्फ विभिन्न उमेर समूहका छात्रछात्रा गरी १८ टिमका १८ खेल र र फुट्सलतर्फ १० टिमका १३ खेल सम्पन्न भएकाे छ ।

प्रतिस्पर्धी टिमहरुमध्ये बास्केटबल तर्फ सिनियर ब्याइज अन्तर्गत विल्सन एकेडिमी, गोल्डेन पिक र फ्लोरिडा जित हासिल गरेका छन् ।

सिनियरत गर्ल्सतर्फ चेल्सी र निम्स स्कुलले साथै जुनीयर व्याइजमा ड्याफोडिल पब्लिक र बोधी स्कुलले विजय प्राप्त गरेका छन् । जुनीयर गल्जमा फेरिल्याण्ड र चेल्सी स्कुलले सानदार जित हासिल गरेका छन् ।

फुट्सलतर्फ १४ वर्ष मुनि समूहका १० टिममध्ये विद्यावाणीले ३ वटा, ब्रम्हकुञ्ज पब्लिक, ड्याफोडिल बोर्डिङ, नेशनल ब्लुमिङले १र१ वटा जित हात पारेका छन् भने २ खेल बराबरीमा टुंगिएका छन् ।