Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


आजका लागि कति छ विदेशी मुद्राको विनिमय दर?


403
Shares

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।