Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


विवाहपञ्चमी कार्यक्रम अन्तर्गत आज मटकोर सम्पन्न


91
Shares

काठमाडाैं। भगवान राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत सोमबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरु जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगेर विवाहको वेदी बनाउनका लागि माटो ल्याएका हुन् । महिलाहरुले माटो बोकेर नगर परिक्रमा समेत गरेका छन् । मटकोरको क्रममा गंगासागरको डीलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो। जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुग्नुभएको थियो।

वैदिक मन्त्र उच्चारण गरी विधिपुर्वक जानकी मन्दिरमा भित्रयाइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ। जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो।

मंगलबार स्वयम्बर तथा विवाहोत्सव र बुधबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने भएकाे छ।

Skip This