Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


राष्ट्रपति पौडेलले संविधान विपरीत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको सभामुख घिमिरेकाे दावी


780
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यवस्था विपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको दावी गर्नुभएकाे छ।

सभामुख घिमिरेले सर्वोच्च अदालतलाई महान्यायाधिवक्ता कार्यालयमार्फत पठाएको जवाफमा प्रस्ट रपमा संवैधानिक व्यवस्था विपरीत संविधानको पालक र संरक्षकबाट कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको दावी गर्नुभएकाे हाे। कानूनका विद्यार्थी आयुष बडालले दायर गरेको रिटमा जवाफ लेख्दै सभामुख घिमिरेले प्रस्ट संवैधानिक व्यवस्था विपरीत संविधानको पालक र संरक्षकबाट नै संविधानवाद, कानूनी शासन र प्रचलित पद्धति विपरीत वर्तमान प्रधानमन्त्री नियुक्त भएको देखिएकाे बताउनुभएकाे छ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको सदस्य त्यसमा पनि बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने छ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी राष्ट्रपतिबाट सोझै प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री पदमा नियुक्ति गर्नु कानूनी शासन तथा संवैधानिक व्यवस्था प्रतिकूल भएकोले निवेदकको माग बमोजिम नै रिट जारी हुनुपर्ने जवाफमा उल्लेख गर्नुभएकाे हाे।