Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


पाकिस्तानी सेनाकाे आक्रमणमा परी २३ जना आतंककारीको मृत्यु


1.7k
Shares

एजेन्सी। पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतंककारी लक्षित कारबाहीमा २३ जना आतंककारीहरूको मृत्यु भएको जनाएको छ।

आतंकवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका सदस्य भएको सेनाले एक विज्ञप्तिमा मार्फत जनाएको हो। “पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतंकवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्ने’’ समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

इस्लामावादले नियमित रूपमा काबुललाई आतङ्कवादी समूहहरू र पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ। पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतंकवादी समूहहरूलाई समर्थन गरेको दावी गर्दै आएको हो।

दुवै छिमेकीले कुनै पनि आतंकवादी संलग्नतालाई भने अस्वीकार गर्दै आएका छन्।