Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


सिमरा तनावग्रस्त: प्रमुख जिल्ला अधिकारी मिश्रले प्रदर्शनकारीलाई वार्तामा बाेलाए

तर प्रदर्शनकारी वार्तामा गएनन्

1.7k
Shares

काठमाडौं । सिमरामा प्रहरीले कफ्यूकाबीच प्रदर्शन नगर्न जेनजी समूहलाई चेतावनी दिंदै केही सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्।

प्रहरी स्रोतका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहलाई वार्ताका निम्ति सदरमुकाम कलैया बोलाउनुभएकाे हाे । तर, सिमरामै रहेको जेनजी समूहका नेताहरू अहिलेसम्म गएका छैनन्।

उनीहरुले प्रहरी दमनको विरोध गर्दै सिमरा चोकमा नाराबाजी गरिरहेका छन्। प्रदर्शकारीले सिमरा आस-पासका क्षेत्रमा तनावग्रस्त बनाएपिछ जिल्ला प्रशासन कार्यालय बाराे बिहीबार पुन: एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेकाे थियाे।

Skip This