Logo १ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025


कर दिवस–२०८२ : उत्कृष्ट १६ करदाता सम्मानित


208
Shares

काठमाडाैं ।

कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजश्व विभागले विभिन्न १६ क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ ।

आर्थिक वर्ष २०८०-८१ को आयकर, मूल्य अभिवृद्धि कर (भीएटी)तथा कर विवरण बुझाउने क्रममा उत्कृष्ट योगदान गरेका करदाताहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको हो ।

उत्पादन, बैंक तथा वित्त, स्वास्थ्य, पर्यटन, व्यापार, ऊर्जा, सूचना–प्रविधि क्षेत्रदेखि कर अनुपालनसम्मलाई सम्मान गरिएको छ । आयकरतर्फ उत्कृष्ट करदातामा नेपाल टेलिकम, युनिलिभर नेपाल, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, ग्रान्डी अस्पताल, होटल ह्याट लगायतका संस्था परेको छ ।

त्यस्तै ५० करोडभन्दा बढी कर तिर्ने तथा १०० करोडभन्दा बढी कारोबार गर्ने संस्थामध्ये डिस्टिलरी नेपाल प्रा.लि.सम्मानित भएकाे छ ।