Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


पाकिस्तानमा पटाका कारखानामा विस्फोट हुँदा ७ जनाको मृत्यु, दर्जनौं घाइते


117
Shares

एजेन्सी। पाकिस्तानमा एउटा पटाका कारखानामा विस्फोट हुदाँ ७ जनाको मृत्यु भएको छ।

सिंध प्रांतको अवैध पटाका कार्खानामा शक्तिशाली विस्फोट हुदाँ दर्जनौं घाइते भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका हुन् । हैदराबादको लतिफाबाद इलाकमा रहेको उक्त कारखानाको विष्फोटकाे बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

विस्फोटका कारण कारखानाको आधा भाग ध्वस्त भएको जनाइएकाे छ। भग्नावशेषमा कामदारहरु पुरिएको आशंकामा उद्धारकार्य जारी राखिएको हाे। विष्फोट भए लगत्तै कारखानाका मालिक भने फरार भएको अधिकारीहरुले बताएका छन्।