Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटीनै एमालेमा फर्कियाे (विज्ञप्तिसहित)


715
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटी नै नेकपा एमालेमा फर्किएको छ।

विघटित नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटाको शुक्रबार बैठक बसेर तत्कालीन नेकपा माओवादी केन्द्र लगायतका पार्टीसँगको एकतालाई अस्वीकार गर्दै जिल्ला कमिटी नै एमालेमा फर्कने निर्णय गरेको हो।

‘छलफल पश्चात् विभिन्न वस्तुगत परिस्थितिहरूलाई समेत मध्यनजर गर्दै एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रूपमा रहेको एमालेमा पूर्ण रूपले समाहित हुने निर्णय गरिएको व्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिएकाे अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेवी राईले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएकाे छ।