Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


मुलुकको सुरक्षा व्यवस्थालाई सुदृढ नगरी निर्वाचनमा जानुहुँदैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

निर्वाचनमार्फत मुलुकलाई अघि बढाउन संविधान संशोधन गर्नुपर्नेमा जाेड

533
Shares


काठमाडाैं। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जानसक्ने अवस्था नरहेको बताउनुभएको छ।

नागरिक समूहले काठमाडौंमा शुक्रबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।मुलुकको आत्मवलनै कमजोर भएको उल्लेख गर्दै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था हुने बताउनुभयाे। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेनजी पुस्ताको परिवर्तनको आकांक्षालाई रुपान्तरण गर्न सक्ने अवस्था नबनाई निर्वाचनमा गए त्यसले मुलुकको हित नगर्ने जिकिर समेत गर्नुभयो। मुलुकलाई जोगाउन पनि सुरक्षाको प्रत्याभूति सुदृढ बनाउने कामलाई बढी जोड दिनुपर्ने आवश्यकता रहेकाे उहाँकाे भनाइ छ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई अघि बढाउन संविधान संशोधन पहिलो सर्त रहेको समेत दोहोर्याउनुभयो।