Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


आगामी फागुनमा हुने निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत


364
Shares

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ।

आयोगले साढे ७ अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले बताउनुभएकाे हाे। निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको समेत उहाँले बताउनुभयाे।

सरकारले थप बजेट आवश्यक परे भविष्यमा सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको आयाेगले जनाएकाे छ।