एजेन्सी। अस्ट्रेलियामा कार दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ।
भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा कार दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे। सब वेबाट मेन रोडमा निस्किने क्रममा मालबाहक ट्रकले कारलाई ठक्कर दिंदा दम्पती र उनीहरूकाे एक जना छोराको मृत्यु भएको छ। नेपालमा उनीहरू चितवनका भएको खुलेको छ। मृत्यु हुनेमा कार चालक ४१ वर्षीय पुरुष र उनकी श्रीमती ३१ वर्षीया र छाेरा ३ वर्षीय बालक रहेका हुन्।
दुर्घटनामा घाइते एक जना वृद्धाको भने उपचार भइरहेको छ। ती वृद्धा मृतक महिलाकी आमा भएकाे खुलेको छ। घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । ट्रक चालक दुर्घटनामा सामान्य घाइते भएकाे जानाइएकाे छ।




प्रतिक्रिया दिनुहोस्