Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिंदै


546
Shares

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएकाे छ।

विश्वासको मत प्रयोजनका लागि शनिबार दिउँसो १ बजे मधेश प्रदेशसभा बैठक बोलाइएको हाे । मधेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे। सोनलले नेपालको संविधानको धारा १६८को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लाग्नुभएकाे हाे।

१ सय ७ सदस्यीय प्रदेश सभामा तीन जना निलम्बनमा रहेकाले हाल १ सय ४ जना सदस्य कायम रहेका छन् । विश्वासको मत प्राप्त गर्नका लागि ५३ सांसदको समर्थन आवश्यक पर्दछ । सोनल मुख्यमन्त्री बन्दा ५ दलका ५६ प्रदेशसभा सदस्यहरूको समर्थन रहेकाले उहाँले ‍शनिबार विश्वासको मत पाउने निश्चित छ ।