Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


कांग्रेस नेता आलमको निधन


1.7k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ।

यहि कात्तिक दोस्रो हप्तादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत रहनुभएका उहाँको शनिबार बिहान करिब ३ बजे निधन भएको हो । कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा निधन भएको बताउनुभयाे। आलमलाई केएमसीमा भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे ।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि आलमलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो।

साेही अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।