Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


एनपीएल र गोल्छा ग्रुपबीच दोस्रो सिजनका लागि सहकार्य


273
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ।

नक्शालमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एनपीएल र गोल्छा ग्रुपले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता अनुरूप एनपिएलका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले समान एउटा पल्सर मोटरसाइकल प्राप्त गर्ने भएका छन् ।

त्यसबाहेक अन्य आर्थिक पक्ष भने खुलाइएको छैन । निर्देशक गोल्छाले लामो समयदेखि खेलकुदमा जोडिरहेको र एनपिएलसँग जोडिनु सुखद पक्ष रहेको बताएका छन् । सचिव  खड्काले यो सम्झौताले क्रिकेट विकासमा योगदान पुर्याउने आशा राखेका थिए । एनपीएलको दोस्रो सिजन आगामी मंसिर १ देखि २७ गतेसम्म हुने भएकाे छ । क्यानको आयोजनामा गत वर्षबाट शुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेकाे थियो । काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । क्यानले मिनि अक्सन पनि गरिसकेको छ ।

अधिकांश फ्रेन्चाइज टोलीले विदेशी खेलाडी पनि भित्र्याउने भएका छन् ।