Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


फ्रान्स सरकारले गुरूङ नेतृत्वको एनआरएनएलाई दियाे मान्यता


3.2k
Shares


दीपक चालिसे

फ्रान्स । फ्रान्स सरकारले दिलिप गुरुङको नेतृत्वमा रहेको एनआरएनए (गैर-आवासीय नेपाली संघ) फ्रान्सलाई आधिकारिक संगठनको रुपमा मान्यता प्रदान गरेको छ।

फ्रान्सको सरकारी निकाय प्रिफेक्चर अथोरिटीले गुरुङ नेतृत्वको नेपाली संगठनलाई आधिकारिकता दिएको हो। आधिकारिकता पाएसँगै गुरुङले फ्रान्समा बस्ने नेपालीहरुका लागि यो एकताको सन्देश भएको र यसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरित गरेको बताउनुभएको छ। जसले स–सम्मान मिलेर बसेको नेपाली समाजमा राजनैतिक आड र निर्देशनमा फुट, बिखण्डन तथा भाडभैलो सिर्जना गरी आफ्नो राजनैतिक उद्देश्य पूरा गर्न खोज्नेहरुको स्वार्थको अन्त्य भएको पनि गुरुङको भनाइ छ ।

सन् २०२५ जुलाई २७ तारिखमा भएको संस्थाको ११ औं अधिवेशनले गुरुङलाई अध्यक्ष र महासचिवमा राजेन्द्र श्रेष्ठलाई चयन गरेको थियो । एनआरएनए फ्रान्समा आवद्ध ५ सय ७९ जनाले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेका थिए । सोही अनुरुप आधिकारिकता लागि फ्रान्सको सरकारी निकायमा पठाइएकोमा प्रिफेक्चर अथोरिटीले आधिकारिकता दिएको हो ।

यस अघि फ्रान्समा रहेका नेपाली विभिन्न समूहमा विभाजित भएका थिए ।