Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


बझाङ केन्द्रविन्दु बनाएर ४.९ म्याग्निच्युडको भूकम्प


923
Shares

काठमाडौं ।

बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ बजेर ८ मिनेटमा ४ दशमलव ९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रासित भएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। स्थानीयले केही घर चर्किएको बताएका छन्।

यता प्रहरीले भने भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ।