Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


‘घटना सुनियोजित र योजनावद्ध हो, देशका सबै महत्वपूर्ण अंगको मनोबल गिर्याे’: सभापति देउवा

अदालत र सुरक्षा निकायलाई उच्च मनोबलका साथ काम गर्न आह्वान

429
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जसको पुष्टि घटनापछि आइरहेका तथ्यहरुले प्रमाणित गरिरहेको बताउनुभयो । उहाँले जेनजीका देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

जेनजीको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्नेमा उहाँकाे जाेड छ। जसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँले साेही अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटा भन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभएकाे छ । देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था रहेको समेत उहाँकाे तर्क थियाे ।

सभापति देउवाले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गनुपर्ने र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबलका साथ काम गर्न आह्वान गर्नुभयो ।