
एजेन्सी। गाजा क्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित हरुलाई रेडक्रसको जिम्मा लगाएको छ ।
दुई वर्ष लामो इजरायल-हमास द्वन्द्वको पीडादायी अध्यायमा साेमबार एउटा उज्यालो किरण देखा परेको हाे । सोमबार बिहान शुरूमा ७ जनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइएको हिब्रु भाषाका मिडियाहरूले जनाएका छन्।
हमासले रिहा गरेका कैदीबन्दी: एल्काना बोहबोट, माटान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ–हाइम ओहाना, एलोन ओहेल. एभ्यातार डेभिड, गाइ गिल्बोआ-दलाल, रोम ब्रास्लाभ्स्की, गाली बर्मान, जिभ बर्मान, एइतान मोर, सेगेभ काल्फोन, निम्रोड कोहेन, म्याक्सिम हर्किन र एइतान होर्न रहेका हुन् ।
याेसँगै अब हमासको नियन्त्रणमा कुनै पनि जीवित बन्धक बाँकी नरहेको जनाइएको छ। उता नेपाली युवक विपिन जोशीको अवस्थाकाे बारेमा अहिलेसम्म मृत्यु भएको या जीवित रहेको खुलेको छैन । उनका दाजु किशोर जोशीले इजरायली अधिकारीसँगको कुराकानीका आधारमा बताए अनुसार विपिनलाई हमासका सदस्यले अझै सुरूङभित्र खोजिरहेका छन् ।
तर अहिलेसम्म विपिन जीवित या मृत रहेको केही खुलेको छैन । हमासले पनि विपिनलाई जीवित या मृत दुवै सूचीमा राखेको छैन । यस्तो अवस्थामा उनको वास्तविक अवस्था खुल्न नसकेको हो ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले केही सञ्चारमाध्यधलाई इजरायली अधिकारीहरूले विपिनको निधन भइसकेको भनेर अन्तर्वार्ता दिएका छन् । तर विपिनको एकीन अवस्था के हो भन्ने जवाफ हमासले अहिलेसम्म दिन सकेको छैन । हालसम्म इजरायली रक्षा बल (आईडी) र रेडक्रसले यसकाे बारेमा औपचारिक पुष्टि गरेका छैनन्।
हमासले दक्षिणी गाजाबाट बाँकी १३ जीवित बन्धकहरू हस्तान्तरण गरेको हो । २८ जना बन्धकका शवहरू अझै पनि उक्त हमासको नियन्त्रणमा छन् । केहीको शव सोमबार नै इजरायलमा हस्तान्तरण गर्ने योजना छ ।
प्रतिक्रिया दिनुहोस्